प्रदेश-१ को पर्यटन तथा वातावरण राज्यमन्त्रीमा बस्नेत नियुक्त



काठमाडौं।सोलुखुम्बु प्रदेश ‘क’ बाट निर्बाचित प्रदेश सांसद उत्तम कुमार बस्नेत प्रदेश -१ सरकारको उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले आफु नेतृत्वको मन्त्रीमण्डल बिस्तार गर्दै बस्नेतलाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।बुधबार बिस्तारित प्रदेश १ सरकारमा दुई जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरिएको छ।

नवनियुक्त मन्त्रीमा तुलसी प्रसाद न्यौपाने (आर्थिक मामिला तथा योजना) र हिराकुमार थापा (भूमि व्यवस्था, कृषि तथा सहकारी) छन्।

यस्तै, राज्यमन्त्रीमा बस्नेतसहित ज्ञानेश्वर राजवंशी (भूमि व्यवस्था, कृषि तथा सहकारी), र लीला बल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानुन) नियुक्त भएका छन। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ समेत गराईएको छ।

प्रतिक्रिया दिनुहोस्