जुनबेंसी माबिले आगामी आईतवारदेखि भौतिक रुपमै कक्षा सन्चालनमा ल्याउंने



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिका वडा नं-२ को जुनबेंसीमा रहेको जुनबेंसी माध्यमिक विद्यालयले शिक्षक तथा विद्यार्थीहरुको भौतिक रुपमै कक्षा सन्चालनमा ल्याउने भएको छ।

कोभिड-१९ को दोश्रो भेरियण्टका कारण अवरुद्ध भएको पठनपाठनलाई सम्पूर्ण स्वास्थ्य मापदण्डको पालनासहित आगामी आइतबारदेखि कक्षा ६ देखि १० सम्म नियमित सन्चालन गर्ने निर्णय भएको शिक्षक ललित कार्कीले जानकारी दिए।

करिब २ सय विद्यार्थी संख्या रहेको सो विद्यालयले बिगतदेखि नै छात्राबासमा बिद्यार्थी राखेर अध्यापन गराउँदै आएकाे छ। शिक्षक कार्की अनुसार यस बिद्यालयमा नगरपालिकाका अतिरिक्त जिल्लाकै माप्य, थुलुङदुधकोशी, साेताङ, नेचासल्यान, लिखुपिके र ओखलढुंगा, रामेछाप खाेटाङ, नेपालगन्ज र सिराहा जिल्लाबाट आएर बिद्यार्थीहरूले अध्ययन गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस्