नेचासल्यान: पूर्बमन्त्री केसीको वडामा बढ्यो एमालेको सक्रियता
सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यानको पार्टी अभियान अन्तर्गत गाउपालिकाको १ र २ नम्बर वडामा पार्टी कमिटी गठन गरिएको छ ।

पार्टी सदस्यता नवीकरण , बितरण लगाएत पार्टी सुदृढीकरण अभियानलाई सफल बनाउदै केन्द्रिय कमिटीले तोकेका पार्टी गतिविधि सन्चालन गर्न तत्कालका लागि कमिटी गठन गरिएको नेकपा एमाले नेचासल्यानले जनाएको छ।एमालेले कमिटी गठन तथा भेला सम्पन्न गरेको सो वडा पूर्बमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको वडा हो।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबम नेचासल्यान गाउपालिका कमिटीका अध्यक्ष जगनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाद्वारा गठित वडा नं १ र २ को अध्यक्षमा क्रमशः प्रभुराम कार्की र गणेश राई छन् । यसै गरि १ नं वडा कमिटीको उपाध्यक्षमा जगत बहादुर बस्नेत ,सचिबमा भिमराज राई,आर्थिक बिभागमा जसिता राई र सदस्यहरुमा नानीबाबु कोइराला,राजकुमार कार्की,अर्जुनबहादुर राई,देबी बहादुर राई र संगिता राई छन् ।
यसै गरि २ नं वडा कमिटीको उपाध्यक्षमा इन्द्र बास्तोला,सचिब
छत्रबहादुर खत्री, सहसचिव कबिराज नेवार,आर्थिक बिभागमा अनिता राई र सदस्यहरुमा यमबहादुर राई,मिनिशोभा राई र धनपति गौतम रहेको जनाईएको छ।भेला प्रभुराम कार्कीको अध्यक्षता तथा कार्यक्रम सम्पन्न भएको थियो।
नव गठित दुबैवडा कमिटीले वडामा संगठन बिस्तारमा सक्रियता बढाउने निर्णय पनि भेलाले गरेको छ।

