नेबिसंघ सोलुले गर्‍यो अन्तरक्रियाको आयोजना



सोलुखुम्बु। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिंदै गइ रहेका बेला उसको भातृ संगठन नेपाल बिद्यार्थी संघ सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका सचिब धनजन राईको प्रमुख आतिथ्यमा सम्पन्न १४ औं महाधिवेशन अवसर र चुनौतीु बिषयक अन्तरक्रियामा बक्ताहरुले बिबादरहित ढंगबाट जिल्ला नेतृत्वको चयन गर्नुपर्नेमा जोड दिएका थिए।पार्टी नेतृत्व युवा पुष्तामा हस्तान्तरण हुनु अहिलेको आवश्यकता रहेको बताउंदै उनीहरुले संगठन बिस्तार र सुदृढीकरणलाई ध्यानमा राखेर नेतृत्व चयन गर्नुपर्ने बताएको रोहनबाबु बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार नेबिसंघ सोलुखुम्बुका अध्यक्ष अस्विनबाबु थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा महासमिति सदस्य जयकुमार राई, नेपाली कांग्रेस सोलुखुम्बु प्रचार बिभाग प्रमुख नवीन थापा,जिल्ला नेताहरू घनराज सुनुवार, शारदामाया तामाङ ,गान्धीमाया तामाङ,सरिता राई, नवीन बस्नेत,लाक्पा तामाङ र तेजराम परियारले आ(आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्