थुलुङदुधकोशी : माओवादी केन्द्र परित्याग गरि झण्डै आधा दर्जन कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी ९एमाले०सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका सम्पर्क मञ्चको संयोजनमा बर्तमान राजनीतिक घटनाक्रम र पार्टी सांगठनिक अवस्थाबारे छलफल कार्यक्रमको आयोजना गरिएको छ।

सोलुखुम्बु(काठमाडौं सम्पर्क मन्चका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि झण्डै आधा दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेको सम्पर्क मन्चका सचिव आङबाबु राईले जानकारी दिनुभयो ।नवप्रबेसीहरुमा सिमसन राई , लाक्कुवीर राई, सौगात राई र निमा थुलुङ राई लगायत हुनुहुन्छ ।वहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश नं। १ कमिटी सदस्य महेश किराँती र बिशिस्ट अतिथि प्रदेश नं। १ का सांसद उत्तम कुमार बस्नेत लगायतका नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा नेकपा एमाले प्रदेश नं। १ सम्पर्क मञ्च सचिव नन्दकुमार राई,नेकपा एमाले सोलुखुम्बु जिल्ला पार्टी सचिव शिशिर खालिङ ,सम्पर्क मञ्च ईञ्चार्ज बच्चु नारायण श्रेष्ठ
नेकपा एमाले केन्द्रीय परिषद सदस्य कुमार राई,सम्पर्क मञ्च पूर्व अध्यक्ष अर्जुन कार्की,माप्य दुधकोशी गाउंपालिका उपाध्यक्ष जुनिता मगर,जिल्ला कमिटी सदस्य इन्द्र कुमार राई लगायतको उपस्तिथि रहेको सचिब राईले जानकारी दिनुभयो । कार्यक्रम का बक्ताहरुले देशीविदेशी शक्तिहरु अहिले एमालेलाई कम्जोर बनाउने षड्यन्त्रमा लागेको बताउंदै त्यो षड्यन्त्रलाई निष्तेज पारेर पार्टी संगठनलाई मजबुत बनाउन सबैले आ(आफ्नो ठाउँबाट सक्रियतापूर्बक लाग्नुपर्ने बताएका थिए

