सोलुखुम्बुमा विद्युत बिस्तारको कामलाई तीब्रता दिन सांसद राईको आग्रह



काठमाडौं।प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘शूरवीरु ले ,उज्यालो सोलुखुम्बु अभियानुलाई पूर्णता दिनका लागि विद्युतीकरणका कार्यक्रमलाई तीब्र ढंगले अगाडी बढाउन आग्रह गर्नुभएको छ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई उहाँकै कार्यकक्षमा भेटी सांसद राईले बिहीवार सो आग्रह गर्नुभएको हो। सोलुखुम्बु जिल्लामा केन्द्रीय प्रशारण लाइन ९ग्रामीण विद्युतीकरण० बिस्तारका कार्य धिमा गतिमा अगाडी बढेको भन्दै आवश्यक बजेटको ब्यबस्था गरेर छिटो काम सम्पन्न गर्न प्राधिकरणले आवश्यक भूमिका निर्बाह गर्नुपर्ने सांसद राईको भनाइ थियो ।वहाँले जिल्ला सदरमुकाम सल्लेरीमा पटकपटक भइ रहने लोडसेडिङले स्थानीयहरु आजित बनेको भन्दै पटके लोडसेडिङ हटाउनका लागि पनि प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको सांसद राईको सचिवालयले जनाएको छ।

सांसद राइको सचिवालयले जनाए अनुसार भेटमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरि ६ करोड बजेटको डेन्डर प्रक्रिया तत्कालै अगाडि बढाउने जानकारी दिनुभएको थियो। काम सम्पन्न गर्न आवश्यक थप बजेटका लागि मन्त्रालयसंग समन्वय गरी विद्युत विस्तारको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धतासमेत कार्यकारी निर्देशक घिसिङले व्यक्त गर्नुभएको सांसद राईको सचिवालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्