सांसद राजभण्डारीको पहलमा प्रदेश सरकारले दियो सोलुखुम्बुलाई थप स्वास्थ्य सामाग्री



सोलुखुम्बु। प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीको पहलमा जिल्लालाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ।

एमाले नेतासमेत रहेका राजभण्डारीको पहलमा प्रदेश १ को आपुर्ती ब्यवस्थापन केन्द्र विराटनगरले सोलुखुम्बुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्राप्त सामाग्रीहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक १० हजार थान सर्जिकल मास्क, १ हजार थान एन ९५ मास्क र ६० बोतल सेनिटाइजर रहेको कार्यालयका कोभिड फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए। ।

उक्त सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्