लिखुपिके : हराएको ९ दिनपछि भेटियो हाईड्रोपावरका स्काभेटर चालक बस्नेतको शब
राजेन्द्र बस्नेत
सोलुखुम्बु ।अचानक घरबाट हराएका लिखुपिके वडा नं(२ का एक युबा मृत अवस्थामा फेला परेका छन् । गत हप्ता सोमबारदेखि हराईरहेका अन्दाजी ३० बर्षीय राजेन्द्र बस्नेत बेपत्ता भएको ९ दिनपछि हिंजो मृत फेला परेका हुन्।

बस्नेतको शव लिखु ए जलविद्युत आयोजनाको डयाम रहेको राङ्दामा भेटिएको वडा कार्यालयले जनाएको छ।उनी एम भी दुगड ग्रुपले लिखु नदीमा निर्माण गरिरहेको हाइड्रोपावरमा एक्साभेटर चालकका रुपमा कार्यरत थिए।उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
बस्नेतको शबलाई पोस्टमार्टमका लागि मंगलबार दोलखा जिल्लाको जिरी अस्पताल लगिएको छ। के कारण मृत्यु भएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरीको भनाई छ।
गत श्रावण १७ गते परिवारका सदस्यलाई कुनै जानकारी नदिइ एक्कासी हिंडेका बस्नेत सम्पर्कबिहिन भएपछि प्रहरीमा उजुरी गरिएको थियो।त्यसयता स्थानीय र प्रहरीले निरन्तर उनको खोजी खोजी गर्दै आएका थिए।

