टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने यूएसएसडी कोडहरू



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।

जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिन समेत पाइरहेका हुँदैनन् । टेलिकमका सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं ।

तत्काल प्रयोग नगरेपनि यी शर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्नेछन् ।

डायल गर्ने
*1415# : डेटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरिद गर्न
*1415#*55# : बाँकी डेटा र भ्वाइस प्याक थाहा पाउन
*444# : फोरजी सेवा सक्रिय बनाउन
*400# : मोबाइलको ब्यालेन्स थाहा पाउन
*9# : आफ्नो मोबाइल नम्बर थाहा पाउन
*922# : सिम कसकाे नाममा छ, थाहा पाउन
**21*98xxxxxxxx*Forwarding Number# : कल फर्वार्ड एक्टिभ गर्न
##002# : कल फर्वार्ड क्यान्सिल गर्न
*43# : कल वेटिङ एक्टिभेट वा क्यान्सिल गर्न
#331*0000# : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
#422*Security Code*98xxxx*rs# : प्रिपेड मोबाइलबाट अर्काे नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
*1455# : कलर रिङ्ग ब्याकटोन राख्न
*1400# : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
*1400*1# : MCA एक्टिभेट गर्न
*1400*2# : MCA डिएक्टिभेट गर्न
197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
1498 : मोबाइल सेवासम्बन्धि जानकारी लिन
198 : ल्याण्डलाइन टेलिफोन मर्मत गर्न
1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन
एसएमएस गर्ने
सेक्युरिटी काेड थाहा पाउन : SCODE टाइप गरी 1415 मा पठाउने
नमस्ते क्रेडिट एक्टिभेट गर्न : START लेखेर 1477 मा पठाउने
नमस्ते क्रेडिट डिएक्टिभेट गर्न : STOP लेखेर 1477 मा पठाउने
कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरिद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01xxxxxx (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
प्रिपेड मोबाइलमा एफएनएफ सेवा सुरु गर्नः FNFSUB*98xxxxxxxx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
एफएनएफ लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98xxxxxxxx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने
एप तथा वेबसाइट
पोस्टपेड मोबाइल र ल्याण्डलाइनका लागिः मासिक बिल, बाँकी रकम, अग्रीम रकम लगायतको विवरण हेर्न यो लिङ्क खोल्नुहोस् र लगईन गर्नुहोस् । ल्याण्डलाइनका लागि अकाउण्ट नम्बर (मासिक महशुल भुक्तानी गरेको पुरानो बिलमा लेखिएको हुन्छ) र मोबाइलका लागि पीयूके नम्बर राख्नुहोस् ।

टेलिकमका सेवाको जानकारी लिन र खरिद गर्नः टेलिकमको एन्ड्रोइड मोबाइल एप तथा आईओएस मोबाइल एप डाउनलोड गरी रजिस्टर गर्नुहोस् ।

साभार टेकपाना

प्रतिक्रिया दिनुहोस्