संक्रमित भएका ब्यक्तिको पीसीआर नेगेटिभ, सोलुखुम्बु कोरोनामुक्त जिल्ला !



सोलुखुम्बु, २७ जेठ । कोरोना संक्रमण पुष्टि भएको भनिएका सोलुखुम्बुका एक पुरुषको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।

झन्डै दुइसाता अघि अस्वस्थ भएपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुगेका उनको आरडिटी परिक्षणमा पोजेटिभ देखिएको थियो।त्यस लगत्तै कोरोना अस्पताल बिराटनगर पुर्याइएका उनको पीसीआर परीक्षण मा रिपोर्ट नेगेटिभ आएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिएका छन।

संक्रमित भनिएका ब्यक्ति जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ केरुङका बासिन्दा हुन।उनको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै सोलुखुम्बु कोरोनामुक्त जिल्ला बनेको मेयर शेर्पाको दावी छ।रिपोर्ट नेगेटिभ आएसंगै उनलाइ अस्पतालले डिस्चार्ज गरिदिएको मेयर शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्