विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पूर्बमन्त्री पाण्डे पक्राउ
काठमाडौं,११ बैशाख । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको उजुरी निवेदनका आधारमा पक्राउ गरिएको पक्राउ गरिएको बताउनुभयो ।उनीविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको जानकारी दिइएको छ ।
सोही आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठलाई पक्राउ परेका छन् ।
उक्त मुद्दामा हालसम्म जम्मा नौजना शंकास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

