चार मुक्तक



विश्वनाथ श्रेष्ठ
मुक्तक -१

सच्चा मन र माया भन्दा ठूलो नोट भएपछि
भएको सम्बन्ध पनि बिगार्ने अठोट भएपछि
कहाँ पाइँदो रहेछ र सबै मनले चिताएको जति
यहाँ आ- आफ्नो भाग्य भित्र नै खोट भएपछि

मुक्तक- २

अनेकौं बाधाहरू पन्छाएर जँघार तर्नुपर्छ
जीवन सकुँन्जेल उकाली ओराली गर्नुपर्छ
गन्तव्य खोज्दै कहाँ सम्म पुग्छ यो जिन्दगी ,
दौडिदा दौडिदै एकदिन बीच बाटोमै मर्नुपर्छ

मुक्तक -३

सानैदेखि गरेर मलजल खनाउनु पर्छ
कस्तो बनाउने हो,आफैंले जनाउनु पर्छ
दु:ख पर्दा नरमाउने कमै होलान् सायद,
यहाँ आफ्नु जिन्दगी आफैँले बनाउनु पर्छ

मुक्तक -४

तँछाडमछाड के गर्छौ एक दिन उसैले छलेर जानेछ
जन्मदा जस्तो आयो त्यस्तै खाली हात गलेर जानेछ
धन सम्पत्तिको घमण्ड र औकात किन देखाउछौ
आखिर अन्तिममा चार हातको कात्रोमा जलेर जानेछ
फिक्कल, सिन्धुली सोल्पा

प्रतिक्रिया दिनुहोस्