आगामी स्थानीय निर्बाचनका लागि नाछिरिङले गरे सोताङ गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा



सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुका प्रभावशाली नेता हर्क नाछिरिङ राईले आगामी स्थानीय निर्बाचनमा सोताङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन।

गत स्थानीय तहका निर्बाचित पदाधिकारीहरुको बैधानिक समयावधि केहि महिना मात्र बांकी रहंदा नेकपा एमाले सोलुखुम्बुको संगठन बिभाग प्रमुखको जिम्मेवारीमा रहेका राईले सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन। आफ्नो जन्मदिनको अवसरमा नेकपा एमालेभित्र लामो समयदेखि कायम अन्तर्द्वन्द्व हिंजो बेलुकीबाट हल भएकोमा खुसी व्यक्त गर्दै राईले सामाजिक सन्जालमार्फत आफुले उम्मेदवारी दावी गर्नुपर्ने कारणबारे समेत स्पष्ट पार्ने प्रयास गरेका छन् ।

उनले अगाडी भनेका छन्,( ुमैले धर्ती मा पाइला टेकेको दिन । यहि सन्दर्भ मा केही कुरा लेख्न मन लागिरहेको छ । कम्युनिष्ट आन्दोलनको आरोह अबरोहको सन्दर्भ मा २०७५ जेठ ३ गते जुन निर्णय भयो त्यसको प्रभाव स्वरूप करिब अहिलेसम्म पार्टी फोरम तथा सामाजिक संजालमा खास बिचार राख्ने अबसर मिलेन । यो सदासयलाई कोहि मित्रहरूले कमजोरी ठानि विशेष गरि मेरो स्थायी भुगोलमा पार्टीको मूल्य मान्यता लाई समेत बेवास्ता गरी पार्टी जिम्मेवारीको प्रबाह नगरी बिशुद्द अभियान्ताको नामबाट स्थानीय सरकार र सिङ्गो पार्टीलाई कमजोर बनाउँदै आगामी स्थानीय निर्वाचनका लागि घुमाउरो ढंगले दाबी प्रस्तुत भएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यस कारण आजैका मितिमा त्यो पद ९गाउँपालिका अध्यक्ष ० लागि मेरो खुलम खुल्ला उम्मेद्वारी दाबी रहने सार्वजनिक गर्न चाहन्छु ।ु

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका राईले नेपालको संविधानमा ब्यबस्था भए अनुरुप संघीयता, समाबेसी समानुपातिक मूल्य मान्यताको अधिकतम प्रयोग गरी समृद्द सोताङ निर्माण र पार्टी नेता कार्यकर्ता राष्ट्रसेवक कर्मचारी र अन्य राजनीतिक पार्टी सबैलाई बिश्वासमा लिइ सामूहिक उत्तरदायी सरकारको नेतृत्व गरी बिकास निर्माणलाई तीब्र रुपमा अगाडि बढाउनुआफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्