नेपाल शिक्षक महासंघ सोलुखुम्बुद्वारा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।नेपाल शिक्षक महासंघ सोलुखुम्बुले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत ३४ बुंदे मागसहितको ज्ञापनपत्र बुझाउंदै जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईमा शान्तिपूर्ण धर्ना दिएको छ।

महासंघ संघीय कार्यसमितिले घोषणा गरेको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रबार इकाईमा शान्तिपूर्ण धर्ना सम्पन्न गरिएको महासंघ सोलुखुम्बुले जनाएको छ।

महासंघ संघीय कार्यसमितिले आफ्ना माग सम्बोधनका लागि असार २५ गते ७७ वटै जिल्ला शिक्षा इकाईमा धर्ना दिन परिपत्र गरेको थियो।

संघीय कार्यसमितिको परिपत्र अनुसार जिल्ला अध्यक्ष लालप्रसाद बास्तोलाको संयोजकत्वमा १८ सदस्यीय जिल्ला आन्दोलन परिचालन समिति गठन गरिएको समेत नेपाल शिक्षक महासंघ सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्