सोलुखुम्बु : दुई हप्ताका बीचमा दर्जन बढी बाख्रा मार्यो बाघले

सुबास दर्नाल
सोलुखुम्बु ।सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ बागम क्षेत्रमा बाघको आतंक बढेको छ । करिब दुई हप्ताको अवधिमा एक दर्जन भन्दा बढी बाख्रा बाघले मारेको स्थानीयले बताएका छन् ।

जङ्गल नजिकै भएका कारण चराउन लगेका बाख्राहरु धमाधन बाघले मार्न थालेकाे छ । याेसँगै स्थानीयहरुमा चिन्ता र त्रास बढेको स्थानीय रहरबहादुर बराइलीले बताउनुभयाे । शुक्रबार मात्रै रहरबहादुर र गोमबहादुर बराइलीको दुई वटा बाख्रा बाघले मारेको हाे । यस्तै कमल मगरकोे ३ वटा, उत्तम मगरको एउटा, ङवाङ पेम्बा शेर्पाको एउटा, देवराज मगरको एउटा, नगेन्द्र मगरको एउटा, माझी विश्वकर्माको एउटा सहित गाउँका अन्य व्यक्तिहरुको समेत बाख्रा बाघले मारेका छन् ।
चरनमा लगेका बाख्रालाई दिउँसै बाघले आक्रमण गर्न थालेपछि गाेठालाहरुमा पनि त्रास छाएकाे छ । असार महिना यता दैनिक जसो बाघले बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन् ।( सांकेतिक तस्बिर )
उज्यालो अनलाइनबाट साभार

