गजल



सन्तोषबाबु जम्मरकटेल

पिरतीमा अनेक गरि सताइदिन्छ्यौ प्रिया ।
बिरामीको नाटक गरि अताइदिन्छ्यौ प्रिया ।।

जिन्दगीको भूमरीमा म रुमल्लिएको बेला,
पिरतिको सोझो बाटो बताइदिन्छ्यौ प्रिया ।

तिमी छेउमा सँगै बसी नजर जुधाउँदा,
प्रेमरस पिलाएर मताइदिन्छ्यौ प्रिया ।

वेदनाकाे तुषाराेले मन कठ्याङ्गृदा
मायाकाे त्याे अङ्गालाेले तताइदिन्छ्याै प्रिया ।

प्रतिक्रिया दिनुहोस्