सोलुखुम्बु :प्रदेश १ सरकारले गर्‍यो जिल्ला अस्पताल फाप्लुलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग



सोलुखुम्बु ।प्रदेश एक सरकारले सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुलाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

नेकपा एमालेका प्रदेश न १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेससभा सदस्य उत्तम बस्नेतको पहलमा १ नं प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ती स्वास्थ्य सामाग्री अस्पताललाई उपलब्ध गराएको हो।

No description available.

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राई मार्फत बिहिवार अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० थान भरिएको अक्सिजन सिलिन्डर, मस्क, सेनिटाईजर, फेस सिल, गाउन, रियुजेवल गाउन, सेफ्टी गगल्स, पल्स अक्सिमिटर, विभिन्न औसधि लगायत रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा सोलुदुधकुण्ड उपप्रमुख कल्पना राई, डा. मिङमार गेल्जेन शेर्पा, प्र जि अ गणेश बिक्रम शाही, जिल्ला प्रहरी प्रमुख कबित कट्वाल, सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख, जिल्ला अनुसन्धान प्रमुख तथा अस्पतालका निमित्त प्रमुख सानी शेर्पा लगायतको उपस्थिति रहेको थियो।

No description available.

प्रतिक्रिया दिनुहोस्