सोलुखुम्बुबासीका लागि खुसीको खबर, जिल्ला अस्पताल फाप्लुमा ३ वटा भेण्टिलेटर जडान हुंदै



सोलुखुम्बु ।सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा भेन्टिलेटर जडान हुने भएको छ।

फाप्लुअस्पताल ब्यबस्थापन समितिको पहल र जिल्लाको स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान पुर्‍याउंदै आउनु भएका वरिष्ठ चिकित्सक डा. मिङमार ग्याल्जेन शेर्पाको संयोजनमा अस्पतालमा भेन्टिलेटर जडान हुन लागेको हो।

स्वास्थ्य मन्त्रालय, कुनिना नेपाल र माउन्टेन मोबाइल हस्पिटल बेल्जियमवाट प्राप्त भेण्टिलेटरको जडान कार्य सप्पन्न भएपछि छिटै सेवा सुरु हुने नेकपा माओवादी केन्द्र सोलुखुम्बुका नेता ङिमा तेण्डुप शेर्पाले जानकारी दिनुभयो ।शेर्पाका अनुसार स्वास्थ्य मन्त्रालय, कुनिना नेपाल र माउन्टेन मोबाइल हस्पिटल बेल्जियमवाट प्राप्त एक एक गरि जम्मा तीनवटा भेण्टिलेटर जडान गर्न लागिएको हो।

हाल जिल्ला अस्पताल फाप्लुका लागि भेण्टिलेटरको जडान र प्राविधिकहरु तयारी भइ रहेको जानकारी दिंदै शेर्पाले भने,- ‘यो सबै कार्यको संयोजन डा. मिङ्ग्मार गेल्जेन शेर्पा आफैं आएर प्रत्यक्ष निगरानी गर्दै हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्