थुलुङ दुधकोशी गाउँपालिकालाई झन्डै १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग



सोलुखुम्बु ।आफैंले अस्थायी अस्पताल निर्माण गरेर कोरोना भाईरस संक्रमण न्यूनीकरणका लागि दृढतापूर्बक लागेको जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले झन्डै १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्राप्त गरेको छ।

कोरोना भाइरसविरुद्ध प्रयोग हुने उल्लेखित रकम बराबरको स्वास्थ्य सामाग्री इको-हिमाल नेपाल र सिद्धार्थ बनस्थली ग्रुपबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम थुलुङले जानकारी दिए।

इको-हिमाल नेपालले अक्सिजन कन्सन्टेटर,एन्टिजेन किट,भाइटल साइन मोनिटर लगायत १० लाख बराबरका स्वास्थ्य सामग्री र उद्योगपति किरण जबराको पहलमा अक्सिजन कन्सन्टेटर सहित २ लाख ५० हजार बढीको आवश्यक स्वास्थ्य सामाग्री सिद्धार्थ बनस्थली ग्रुपले उपलब्ध गराएको राईको भनाई छ।

थुलुङ दुधकोसी सरकारले आफ्ना नगरिकलाई सुरक्षित राख्न अन्तर सरकार र बिभिन्न सहयोगी संस्थाहरूसङ्ग हातेमालो र समन्वय गर्दै अगाडी बढी रहेको उल्लेख गर्दै अध्यक्ष थुलुङले कोभिड-१९ विरुद्धको जारी लडाइँमा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्