चाइनिज ताइपेईसंगको जीतसंगै नेपाल एसियन कपको तेस्रो चरणमा प्रवेश



काठमाडौं। नेपालले विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको छ ।

बिहिवार कुवेतमा भएको खेलमा अञ्जन विष्टको गोलबाट नेपालले अग्रता लिएको थियो । विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १(० को अग्रता दिलाएका थिए । तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरेर नेपाललाई २–० जीत दर्ज गरे ।

नेपाल आफ्नो समूहको चौथो स्थानमा रहेर एसियन कपको तेस्रो चरणमा प्रवेश गरेको छ ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्