पूर्बमन्त्री केसीद्वारा नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। पूर्बमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गृह गाउँपालिका नेचासल्यानलाई १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरिएका ती स्वास्थ्य सामाग्रीहरुमा पिपिई सेट ७५ थान, केएन ९५ मास्क १५० थान, सर्जिकल मास्क ८५० थान, अक्सिजन कन्सरट्रेटर ३ थान, पल्सअक्सिमिटर ३ थान, सेनिटाईजर लगायत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज शर्माले जानकारी दिए। कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने ती स्वास्थ्य सामाग्री बोधिसत्व बिहारले उपलब्ध गराएको बताईएको छ।

पूर्बमन्त्री केसीको अनुरोध तथा वडा नं २ का वडाध्यक्ष भेषकुमार बास्तोलाको पहलमा बोधिसत्वले उपलब्ध गराएको सो स्वास्थ्य सामाग्री केसीका आफन्त समेत रहेका कृष्ण फिल्मसका निर्देशक बाबुराजा केसी ‘उज्वल’ को समन्वयमा काठमाडौंबाट नेचासल्यान पठाईएको बताईएको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्बमन्त्री केसीले बोधी बिहारसंगको समन्वयमा गाउँपालिकालाई पीसीआर मेसिन, एन्टिजेन किट, पीसीआर भिटिएम लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने आश्वासन दिएका छन् ।

गाउँपालिका अध्यक्ष बांस्तोलाले यो संकटको घडीमा सबै पक्ष एक ढिक्का भएर कोभिड-१९ लाई परास्त गर्न लाग्नुपर्ने बताउंदै स्वास्थ्य सामाग्री उपलब्ध गराउन महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै पूर्बमन्त्री केसी लगायत सम्बद्ध सबैपक्षप्रति धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्