सोलुखुम्बु : एक हप्ताका लागि निषेधाज्ञालाई निरन्तरता

सोलुखुम्बु ।सोलुखुम्बुमा जारी निषेधाज्ञाले अझै एक साता निरन्तरता पाउने भएको छ।

जिल्लामा कोरोना महामारी नियन्त्रणा लागि दोस्रो पटक थपिएको १० दिनको निषेधाज्ञा आज सकिदै छ ।बुधबार प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो।
कोरोना महामारीको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेकाले यसको नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।
यो निषेधाज्ञा पहिलाकै मोडालिटीमा हुने प्रशासनले जनाएको छ । जसमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ ।

