खुम्बु पासाङल्हामू : एक्सन स्वीजरल्याण्डको आर्थिक सहयोगमा दीर्घ रोगीहरुलाई नि:शुल्क औषधि



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं-१ का २४१ दीर्घरोगीहरुलाई दुई महिनाका लागि नि: शुल्क औषधि उपलब्ध गराईको छ।

पालिकाको वडा नं-१ खरिखोलामा जन्मिएर काठमाडौं बस्दै आएका समाजसेवी तथा एक्सन खरिखोला नेपालका अध्यक्ष शेरबहादुर रानामगरको पहलम एक्सन स्वीजरल्याण्डको आर्थिक सहयोगमा दीर्घ रोगीहरुलाई औषधि सहित कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने आवश्यकीय सामाग्री उपलब्ध गराएको स्थानीय शिक्षक तथा समाजसेवी तिलक रानामगरले जानकारी दिए।

रानामगरका अनुसार सो स्वास्थ्य सामाग्री खरिखोला सामुदायिक अस्पताल आई पुगेपछि खरिखोला सामुदायिक अस्पतालका अध्यक्ष समेत रहेका वडा नं १ का वडाध्यक्ष ङिमादोर्जी शेर्पा, अस्पतालका इन्चार्ज उसनकुमार मगरसहित अन्य कर्मचारी र खरिखोला प्रहरी प्रशासनको उपस्तिथिमा हस्तान्तरण गरिएको थियो।

कोरोना भाईरस महामारी रोकथामका लागि प्राप्त भएका अति आवश्यकीय सामाग्रीहरुमा २ सेट अक्सिजन कन्सनट्रेटर, ५० थान एन्टीजेन टेस्ट कीट, १० पीपीई सेट, १० थान गाउंन,२ पल्स थर्मगन, अक्सिमिटर, २० लिटर ह्यान्ड सेनिटाईजर, २० लिटर डिसिफेन्सन र सलुसन,२०० जोडी सर्जिकल ग्लोब्स,नेजल क्यानुल५, सर्जिकल माक्स २०० पीस,आईभीक्यानुल १८ ग्राम लगायत छन।नि:शुल्क औषधि र स्वास्थ्य सम्बन्धि अत्यावश्यकीय सामाग्री प्राप्त गरेपछि स्थानीयबासीहरु हर्षित भएकोउनले बताए ।

प्रतिक्रिया दिनुहोस्