थुलुङको निधनमा कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब सचिब रमेश थुलुङको निधन भएको छ।

८२ बर्षीय थुलुङको राजधानीको कान्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।जिल्लाको थुलुंङ दुधकोशी गाउँपालिका-१ का स्थायी बासिन्दा थुलुङ कांग्रेस राजनीतिमा सक्रिय हुनुअघि शिक्षा क्षेत्रमा सक्रिय थिए।उनी जीवन ज्योति उच्च माबि नेलेका संस्थापक हुन। जिल्लाकै शिक्षा क्षेत्रको उत्थान र बिकासमा लामो समय जीवन ब्यतित गरेका थुलुङ लोकतान्त्रिक आन्दोलनका योद्धा समेत हुन।स्वर्गीय राईका श्रीमती, बिजय थुलुङ,रोशन थुलुङ लगायत चार छोरा एक छोरी छन् ।
हाल कांग्रेसद्वारा गठित ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रहेका राईको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन।थुलुङले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको आत्मा चीर शान्तिका लागि श्रद्धाञ्जली अर्पण गर्दै पार्टी र आफ्नो तर्फबाट परिवारमा गहिरो समबेदना व्यक्त गर्नुभएको कांग्रेस मुख्य सचिब कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।


