सोलुखुम्बु : कुन स्थानीय तहलाई कति बजेट ? [ हेर्नुस् सूची सहित ]

सोलुखुम्बु । सरकारले सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तहका लागि कुल २ अर्ब २८ करोड ३२ लाख रूपमा बिनियोजन गरेको छ।

अध्यादेश मार्फत शनिबार ल्याईएको आर्थिक बर्ष ०७८/०७९ को आय ब्यय विवरणमा उल्लेख भएको स्थानीय तहका लागि बिनियोजित समानीकरण,सशर्त,समपूरक र बिशेष अनुदानतर्फबाट सो रकम उपलब्ध गराएको हो।
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा निर्धारित सूत्रका आधारमा सरकारले मुलुकभरका स्थानीय तहका लागि समानीकरण अनुदानतर्फ ९४ अर्ब ५६ करोड, सशर्त अनुदानतर्फ १ खर्ब ७३ अर्ब ५० करोड, समपुरक अनुदानतर्फ १२ अर्ब ३७ करोड,बिशेष अनुदान तर्फ १२ अर्ब ४६ करोड बिनियोजन गरेको थियो।
सोलुखुम्बुका स्थानीय तहका लागि बिनियोजित कुल रकम मध्ये सबै भन्दा बढी जिल्लाको एकमात्र नगरपालिका सोलुधकुन्डले पाएको छ।गाउँपालिका मध्ये थुलुङ दुधकोशीलाई सबैभन्दा बढी र सबैभन्दा कम लिखुपिके गाउँपालिकालाई बिनियोजन भएको उल्लेख छ।
कुन स्थानीय तहलाई कति?
सोलुदुधकुण्ड – ४४करोड ९० लाख
थुलुङ दुधकोशी-३६ करोड ८९ लाख
नेचासल्यान – ३५ करोड
माप्यदुधकोशी – २७ करोड ९०लाख
सोताङ – २३ करोड ८२ लाख
महाकुलुङ-२१ करोड ४८ लाख
खुम्बु पासाङ ल्हामू – २० करोड ३५ लाख
लिखुपिके – २७ करोड ७१ लाख

