रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान



काठमाडौँ । वरिष्ठगायक प्रेमध्वज प्रधानको ८३ वर्षको उमेरका काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको छ।

दस दिनदेखि अस्पतालमा उपचार गराइरहेका प्रधानको हृदयघातका कारण बिहिवार निधन भएको हो।
गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’, ‘यो नेपाली शिर उचाली’ ,‘तारा मात्र हैन’ ‘राजमति’ आदि उनले गाएका सदाबहार गीत मानिन्छन् । उनले भजन, नेपाल भाषा नेपाली फिल्म र सुगम संगीत गरी ७ सयभन्दा बढी गीतमा आवाज दिएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ मा जन्मिएका प्रधानले १६ वर्षको उमेर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए ।नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा लिपिबद्द छन।

‘उनका ‘हिमालयन बुकेत फ्रम स्विगिङ काठमाडौं’ , ‘हिट सङ्स फ्रम दि गोल्डेन भ्वाइस या प्रेमध्वज प्रधान’, ‘घाइते जवानी’ ‘माया नमार’ ‘कतै यो सहरमा’ आदि एल्बम प्रकाशित छन् । नारायण गोपाललाई गायनमा ल्याउन प्रेमध्वज प्रधानको ठूलो हात थियो । प्रधानले नै नारायण गोपालको हात समातेर रेडियो नेपालसम्म लिएर गएका थिए ।
गायक प्रधानका एक श्रीमति किरण प्रधान र प्रशन्न र कबीर नामका दुई छोरा छन् । दुवै अमेरिकामा रहेकाले उनीहरुको अनुपस्थितिविनै आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको मन्जुकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्