अर्को महामारीका लागि तम्तयार छन् वैज्ञानिक, पत्ता लगाए भाइरस



एजेन्सी । कोरोना महामारीले संसारलाई आक्रान्त पारिरहेकोमा वैज्ञानिकहरूले अर्को महामारी के होला भनी पत्ता लगाएका छन् । कुन देशमा कुन जीवबाट महामारी फैलिनेछ र यसलाई कसरी फैलिन नदिने भनेर पनि उनीहरूले जानकारी दिएका छन् ।

वैज्ञानिकहरूका अनुसार, ब्राजिलको अमेजन जंगलमा रहेका चमेरा, बाँदर र मुसाका कतिपय प्रजातिमा भेटिने ब्याक्टेरिया र भाइरसबाट महामारी फैलिनेछ ।

ब्राजिलको मानाउसमा रहेको फेडरल युनिभर्सिटी अफ अमेजोनासका जीववैज्ञानिक मार्सेलो गोर्डो र उनको टोलीले कूलरमा तीनवटा पाइड ट्यामरिन बाँदरहरूको कुहिएको लाश फेला पारे ।

कूलरलाई कसैले बन्द गरेपछि बाँदरहरूको लाश कुहिएको थियो । मार्सेलोले शवबाट स्याम्पल लिए र फियोक्रुज अमेजोनिया बायोबैंक लगे । उनलाई अर्का जीववैज्ञानिक अलेसान्द्रा नावाले सहयोग गरिन् । उनीहरूले लाशबाट परजीवी कीरा, भाइरस र अन्य संक्रामक एजेन्ट फेला पारे।

अलेसान्द्राका अनुसार, मानिसहरूले जंगलमा कब्जा गरेकाले त्यहाँ बस्ने जीवहरूमा भएको भाइरस, ब्याक्टेरिया र रोगाणुहरू आफूमा सारिरहेका छन् ।

ब्राजिलको मानाउसमा घना जंगल छ । संसारभरिका चमेराका १४ सय प्रजातिमध्ये १२ प्रतिशत अमेजन जंगलमा पाइन्छन् । अनि बाँदर र मुसा पनि जंगलमा प्रशस्त छन् । ती जीवहरूमा रोगाणु हुन्छन् । ती कुनै पनि बेलामा मानिसहरूमा सरेर महामारीको रूप लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्