थुलुङ दुधकोशीको तुम्सेमा हेल्थ डेस्क स्थापना



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले वडा नं-१ को तुम्सेमा हेल्थडेस्क स्थापना गरेको छ।

कोरोना संक्रमणको दोश्रो लहर भयानक बन्दै गएपछि पालिकाभित्र प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पालिकाको मुख्य नाका तुम्सेमा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिइन।उपाध्यक्ष राई गाउँपालिकाको quick response team कि संयोजक समेत हुन।

हालै सम्पन्न शिक्षा समितिको बैठकले कोरोना संक्रमणको जटिल अवस्थामा रहेका नागरिकहरुको सहयोगका लागि राइको अध्यक्षतामा सबै वडाका अध्यक्ष , सम्बन्धित वडाका स्वास्थ्य ईन्जार्ज, सम्बन्धित वडा अन्तर्गतका माविका प्रधानाध्यापक , सुरक्षाकर्मी , राजनीतिक दलका स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवा सहितको एउटा QRT बनाउने निर्णय गरेको थियो।

समितिको सो बैठकले जिल्ला बाहिरबाट आउने सबै नागरिकहरुले सम्बन्धित वडाहरुले तोकेको सम्पर्क ब्यक्तिहरुलाई आफु आएको सुचना टिपाउन तथा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो।निर्णय अनुसार सम्पर्क ब्यक्ति र उनीहरूको सम्पर्क नम्बर समेत गाउँपालिकाले यसअघि नै सार्बजनिक गरिसकेको छ।उपाध्यक्ष राइले आवश्यकताका आधारमा गाउँ पालिकाका अन्य स्थानमा पनि हेल्थ डेस्क स्थापना गर्ने तयारी रहेको पनि बताईन।

प्रतिक्रिया दिनुहोस्