मेरो देश मन पर्छ
चूडामणि नेपाल ‘अकिञ्चन’
जे सुकै भनून् जो सुकैले
मलाइ नेपाली भेष मन पर्छ
जो सुकै रमाउन विदेशमा
मलाइ नेपाल अषेश मन पर्छ
प्रकृतिको जननी हो मेरो भूगोल, मुटुभन्दा प्यारो लाग्छ
सगरमाथा चढेर चिच्याउन मन छ, मलाई मेरो देश मन पर्छ ।
सगरमाथालाई गुराँशको माला…..
फुटेर होईन जुटेर, राष्द्रियताको गीत गाउनु छ
माला गाँसेर गुराँशको ,सगरमाथालाई लाउनु छ
छेउछेउबाट उचालौँ सबैले, यो प्यारो वीरहरुको देश
इमान्दार भइ कर्म गरौँ , चाँडै विश्वभर छाउनु छ ।
देश झुक्नु हँदैन
प्रजातन्त्रको योे पवित्र मुहान, सुक्नु हुँदैन
मन दुख्न सक्छ कसैको ,देश दुख्नु हँदैन
कतिका शिर उठेका छन,् कतिका झुकेका
देश, झण्डा र सगरमाथा कहिल्यै झुक्नु हुँदैन ।
हामी एक छौँ
भूगोलमा सगरमाथा र लुम्बिनी छन् ,के कम छौँ हामी
विचारमा बीपी , बुद्घ र देवकोटा छन,
के कम छौँ हामी
आँखामा फेवा र रारा छल्की रहन्छन, मुुुुटुमा गुराँस फुल्छ
हिमाल, पहाड, तराईमा विशाल छौं
के कम छौँ हामी ।
बल्न पाए
जुनकिरी जतिमात्र भएपनि, बल्न पाए हुन्थ्यो
दुष्मनलाई त्यो सिमापारै , छल्न पाए हुन्थ्यो
यहाँ कस्को खोजौं सुकर्म ? मैले मेरो प्यारो देशमा
सहीद भै बरु यतै दशगजामा ढल्न पाए हुन्थ्यो !
विराटनगर