डढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा बढ्दो ढढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगलागी नियन्त्रणमा प्रयोग हुने हवाई जहाज र हेलिकप्टर खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीले भने ।

उनले हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न सेनालाई निर्देशन दिए । ।
प्रधानमन्त्री ओलीले आगलागीको परिणाम स्वरुप उत्पन्न वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै केही दिनयता आफूले समेत असहज महशुस गरेको बताए ।

‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, उनले भने ।

अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताए । अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको भन्दै उनले यो स्वाभाविक नदेखिने समेत बताए।

प्रतिक्रिया दिनुहोस्