डा त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’



काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा।डा। वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ । मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निणर्य गरेको हो । आजकै बैठकद्वारा प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनीत हुनुभएको छ ।

महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिने छ । नइ प्रकाशनकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा. माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र डा।सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्