प्रतिनिधि सभाको रिक्त सदस्य पदमा जानकीदेबीको सपथ

काठमाण्डाै । सिरहाकी जानकीदेवी रामले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा भएको कार्यक्रममा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेकपा एमालेकी सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा जानकीदेवी राम निर्वाचित हुनुभएको थियो ।
सांसद शिवाको गएकाे असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

