सांसद राइको पहलमा ३६ करोड बढी बजेट बिनियोजन, खानेपानी तथा सिंचाइका लागि नेचासल्यानमा दुधकोशीको पानी लिफ्टिङ गरिने



सोलुखुम्बु । खानेपानी तथा सिंचाइको अभावका कारण बर्षौदेखी समस्या झेल्दै आएका जिल्लाको साविक नेचा बेतघारी र बतासे गाबिसका स्थानीयले थोरै भएपनि राहत पाउने सम्भावना बढेको छ।

संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ को पहलमा खानेपानी तथा सिंचाइ लिफ्टिङ आयोजना नेचा बेतघारी- बतासे आयोजना कार्यान्वयन हुनेभएपछि स्थानीयको समस्या केहि हदसम्म समाधान हुने आशा पलाएको हो।संघीय आयोजना अन्तर्गत दुधकोशीको पानी साविक नेचा बेतघारी वडा नं-१ फुर्केस्थित सुकेपोखरीमा लिफ्टिङ गर्नका लागि ३६ करोड ८ लाख रुपैयाँ बिनियोजन भैसकेको छ।बिनियोजित रकमबाट आयोजना कार्यान्वयनका लागि टेन्डर समेत आव्हान भइ सकेको सांसद राईको सचिवालयले जनाएको छ।

स्थानीयको समस्यालाई दृष्टिगत गर्दै सांसद राइले गरेको प्रस्ताव अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयले अगाडी बढाएको सो आयोजना दुई बर्षभित्र सम्पन्न गरिने सांसद राइले जानकारी दिए।सांसद राइका अनुसार फाप्लु-सल्लेरी-दाेर्पु खानेपानी आयाेजना करीब १४ कराेड बराबरको अर्को परियाेजनाका लागि पनि टेण्डर आह्वान भएकाे छ । यी आयोजनाबाट घनाबस्ती रहेका छुट्टाछुट्टै दुई स्थानीय तहमा रहेको खानेपानी तथा सिंचाइको ठूलो समस्या दीर्घकालीन रुपमा समाधान हुने बताउंदै सांसद राइले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गरि जनतालाई घरघरमा खानेपानी तथा सिचाईकाे लागि पानी उपलब्ध हुने अपेक्षा सांसद राइको अपेक्षा छ।

सांसद राइको सचिवालयले माननीय प्रस्ताव अनुसारको आयोजनाका लागि बजेट ब्यबस्थापन गरिदिएको भन्दै पूर्ब खानेपानी तथा सरसफाइ मन्त्री विना मगर , मन्त्रालयका सचिव तथा खानेपानी आयोजना कार्यालय खाेटाङ्गलाई विशेष धन्यवाद समेत प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्