सांसदहरूलाई १९ गतेदेखि सिभिल हस्पिटलमा कोरोनाबिरुद्द्को खोप दिइने



काठमाडौं,१७ फाल्गुन । सरकारले काेभिड १९ विरुद्धको दाेस्राे चरणकाे पहिलाे खाेप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेकाे छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाेप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खाेप दिइने भएकाे हो।

१९ गतेदेखि खाेप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाकाे सूची तयार पारिएकाे छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खाेप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्