सोलुखुम्बु : प्रचण्ड-माधव समूहको जिल्ला कमिटी अध्यक्षमा शेर्पा र सचिबमा राई



सोलुखुम्बु,१० फाल्गुन। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहको सोलुखुम्बु जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी गोम्बु शेर्पा ‘कर्ज्याङ’ पाएका छन।

सत्तारुढ दल नेकपा दुई समूहमा बिभाजित हुनुअघि एकीकृत पार्टीको जिल्ला कमिटी सचिब रहेका शेर्पालाई माधव-प्रचण्ड समूहको केन्द्रीय सचिवालयले अध्यक्षको जिम्मेवारी दिएको हो।माघ १ र २ गते बसेको सो समूहको स्थायी समिति बैठकले नेतृत्व चयनका लागि सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। स्थायी समितिले प्रत्यायोजन गरेको सोही अधिकार प्रयोग गरी सचिवालयले सोलुखुम्बु सहित ६८ जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिबको जिम्मेवारी तोकेको हो।सोलुखुम्बु जिल्ला कमिटी सचिबको जिम्मेवारी भने डिल्ली राईलाइ जिल्ला दिइएको छ।राई यसअघि जिल्ला कमिटी कार्यालय सदस्य थिए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा जिल्ला कमिटीको अध्यक्षमा समेत शेर्पाले दावी गरेका थिए। त्यतिबेला शेर्पालाई सचिबमा थामथुम पारेर केन्द्रले मानबीर राइलाई जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी दिएको थियो।जिल्ला कमिटी अध्यक्ष राई हाल ओली समूहको केन्द्रीय सदस्य छन।उनी केन्द्रीय सदस्य बनेपछि ओली समूहले जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी डुफकुमार बास्तोला र सचिबको जिम्मेवारी आशबहादुर खालिङ ‘शिशिर’ लाई दिइएको छ।

प्रचण्ड-दाहाल समूहबाट सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष बनेका शेर्पा तत्कालीन माओवादी केन्द्र र सचिब राई तत्कालीन एमाले समर्थक हुन।

सो समूका नेताहरुबीच पूर्वमाओवादी पक्षले ३५ र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व लिने सहमति छ। हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो ।

अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ। जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्