गजल



✍️सिद्धराज पाण्डेय

सोच्नुस् भेट भयो भने के होला आगोको परालसँग
उत्तर आँफै भेटिने छ किन गुनासो गर्नु सवालसँग ।।

आँखिर सोच विचारै नगरी ढुङ्गा हान्नु भयो तपाईले
कस्तो नतिजा आउला जिस्किए पछि अरिङ्गालसँग ।।

जति रजाईँ गर्न चाहनु हुन्छ मज्जाले गर्नुहोस् तपाईं
किनकि म पनि बहादुरी शेर हुँ डराउँदैन स्यालसँग ।।

सम्बन्धमा रहने चीजहरू नै बढी घातक भइदिन्छन्
बन्दुक किन घातक हुन्थ्यो कुनै सबन्ध नभए नालसँग ।।

पागललाई मान्छे मान्छेलाई पागल बनाउँछ कसरी
त्यस्तो असाधारण शक्ति के रहेछ यो माया जालसँग ।।

                                                               अछाम

प्रतिक्रिया दिनुहोस्