माप्यमा प्रचण्ड-माधब समूहले देखायो तागत , केन्द्रीय सदस्य मानबीरभन्दा बुद्धिकिरणको पकड बलियो!



सोलुखुम्बु , २९ पुस।जिल्लाको माप्यदुधकोशी गाउँपालिका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनमा प्रचण्ड -माधव समूहमा एकढिक्का देखिएको छ।गाउँपालिका कमिटीको आयाेजनामा बुधबार सम्पन्न बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भएको उपस्तिथिले सो गाउँपालिकामा ओली समूहभन्दा बिरोधि समूह सशक्त देखिएको स्थानीयको भनाइ छ।

नेकपाका जिल्ला अध्यक्ष समेत रहेका मानबीर राई ओलि समूहमा रहेपनि उनको प्रभाव सो गाउँपालिकामा निकै कम्जोर रहेको टिका टिप्पणी यतिबेला भैरहेको छ।राई ओली समूहका केन्द्रीय सदस्य पनि हुन। राईसहित पांच जनालाई ओलीले सोलुखुम्बुबाट केन्द्रीय सदस्य मनोनयन गरेका थिए।तर केन्द्रीय सदस्य राइको भन्दा माप्यमा हाल गाउँपालिका अध्यक्ष रहेका बुद्धिकिरण राइको पकड बलियो रहेको यो भेलाले पुष्टि गरेको स्थानीय नेकपा कार्यकर्ता बताउँछन।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका निबर्तमान संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्यमा सम्पन्न बृहत् प्रशिक्षण तथा कार्यकर्ता भेलामा करिब ५ सय हाराहारीमा अगुपा कार्यकर्ताहरुकाे उपस्तिथि रहेको बताइएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राई’, शिवबहादुर बस्नेत ‘राजेन्द्र’, प्रदेश कमिटी सदस्य आङङिमा लामा, ठमनाथ पराजुली ‘ध्रुव’ र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई लगायतले प्रधानमन्त्री केपी ओलीको कदमको बिरोध गर्दै पार्टी संगठन, सरकारकाे दायित्व र आगामी कार्यभारका बारेमा आ आफ्नो मन्तब्य राखेका थिए।

 

 

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि २८ कार्यकर्ता नेकपा प्रवेश गरेको नेकपा माप्यदुधकोशी गाउँपालिका कमिटीले जनाएको छ।नेकपा प्रवेश गरेका कांग्रेस कार्यकर्ता हरु हेमन्त राइ,डिकश्वर राई,लक्कबहादुर राई,सम्पुर सिं राई, विशाल राई,लाखमन राई,लालचन राई,बलबहादुर राई,प्रबिन राई,सन्तोष नेपालीलाई केन्द्रीय सदस्य हेमकुमार लगायत अन्य नेताहरुले स्वागत गरेका थिए।हेमन्त तरुण दल माप्य दुधकोशीका अध्यक्ष हुन।

प्रतिक्रिया दिनुहोस्