प्रतिगमनविरुद्ध संघर्ष गर्न काठमाडौमा १५७६ सदस्यीय समिति



काठमाडौं, २९ पुस । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध संघर्ष गर्न नेकपा प्रचण्ड माधव समूहले १५७६ सदस्यीय संघर्ष समिति गठन गरेको छ । बुधबार काठमाडौमा आयोजित बृहत भेलामा उक्त समितिको घोषणा गरिएको हो । जसको संयोजक केन्द्रीय सदस्य सावित्रा भुषाल रहेको काठमाडौ जिल्ला कार्यसमितिका सचिव हिमाल शर्माले जानकारी दिए ।

संघर्ष समितिले महानगर र वडाहरुमा समिति बनाउँदै लैजाने र माघ २३ मा हुने केन्द्रीय संघर्ष समितिको आव्हानमा हुने कार्यक्रममा केन्द्रीत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्