दुई नेपाली र एक अमेरिकी नागरिकद्वारा लबुचे पिकको सफल आरोहण



लाक्पा ग्याल्जेन शेर्पा

सोलुखुम्बु, १७ पुस ।एक अमेरिकी नागरिकसहित दुई जना नेपालीहरुले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ लबुचेमा रहेको ६,११९ मिटर अग्लो लबुचे पिकको सफल आरोहण गरेका छन।

नेपाल ट्रेकको आयोजनामा रहेको आरोहीहरुको टिम लिडरको रूपमा माप्यदुधकोशी गाउपालिका काँकुका पासाङ शेर्पा , कलाम्बिङ गाइडको रूपमा खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ बुप्साका ल्हाक्पा सोनाम शेर्पा र ती अमेरिकी नागरिकले बिहिवार बिहान सो पिकको सफल आरोहण गरेको नेपाल ट्रेकले जानकारी दिएको छ ।

कोरोना महामारीको कारण ठप्प रहेको पर्यटन ब्यबसायको उथ्थान गर्न र हिउँदको चिसोमा पनि आरोहण गर्न सकिन्छ भन्ने उदाहरण दिने अभिप्रायले लबुचे पिक आरोहण गरेको आरोही समुहका गाइड ल्हाक्पा सोनाम शेर्पाले रहस्य खबरलाई बताए । आफुहरु अब क्रमश मेरा पिक र आइल्म पिक पनि चढने योजनामा रहेको शेर्पाको भनाइ छ।

त्यसैगरी कोरोना महामारीको समयमा पनि हाल सम्ममा लबुचे पिक ६ समुहले चडेको तथ्यांक सगरमाथा राष्ट्रिय निकुञ्ज जोर्सल्ले पोस्टले जनाएको छ।पोष्टका अनुसार आरोह गर्नेहरूमा अमेरिकि, बराइन ,कतार ओमन र इथोइयोपियन आरोही रहेका छन।

प्रतिक्रिया दिनुहोस्