खोटाङतिरबाट बढ्दै आएको डढेलोका कारण महाकुलुङबासी त्रसित

होमनाथ खत्री
सोलुखुम्बु,१३पुस/खोटाङको केपिलासगढीबाट लागेको डढेलो सोलुखुम्बुको महाकुलुङ क्षेत्र सम्म फैलिएको छ । खोटाङको केपिलासगढी गाउँपालिकाको देबिखर्क सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकासम्म आएको स्थानीयले बताएका छन ।

पांछ दिन देखि सुरु भएको आगो नियन्त्रण गर्न नसक्दा आईतबारबाट महाकुलुङको बन क्षेत्रमा प्रबेश गरेको हो । हावाको कारणले गर्दा सल्लाको घना जंगलमा डडेलो फैलिएको हो। डढेलोका कारण महाकुलुङ गाउँपालिका वडा नम्बर १ को नुर्कुम गाउँ समेत जोखिममा परेको स्थानीय बुद्धमान राइले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले महाकुलुङमा लागेको डढेलोको विषयमा कुनै जानकारी प्राप्त नभएको प्रहरी निरिक्षक मन्दिप चौहानले बताउँनुभयो ।

