भाडा समायोजनको माग गर्दैअनेरास्ववियुले बुझायो नेचासल्यानमा ज्ञापनपत्र



सोलुखुम्बु,१२ मंसिर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कमिटीले यातायात भाडा समायोजन गर्नुपर्ने लगायत ४ बुंदे माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।

गाउँपालिकाका प्रबक्ता धर्मध्वज खत्रीमार्फत शुक्रबार अध्यक्ष डुफकुमार बास्तोलालाइ बुझाइएको सो ज्ञापनपत्रमा कोरोणासंग मिल्दोजुल्दो लक्षण देखिएका विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने,प्रत्येक विद्यालयलाइ फर्स्ट एड किड र थर्मल गन उपलब्ध गराउनुपर्ने,र बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाइ शिक्षण प्रक्रियालाइ निरन्तरता दिनुपर्ने माग गरिएको विद्यार्थी नेता आशिष बास्तोलाले जानकारी दिएका छन।

जिल्ला कमिटीका नेचासल्यानमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रबक्ता खत्रीले मागहरू उचित भएको भन्दै बैठक बसेर पूरा गर्ने आश्वासन दिएको अनेरास्ववियुले जनाएको छ। सो अवसरमा गाउँपालिकाको तर्फबाट प्रबक्ता खत्रीका साथै प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल,शाखा अधिकृत भोजनारायण भण्डारी र अनेरास्ववियुकातर्फबाट जिल्ला कमिटी सदस्य सरोज भट्टराई,कुमार बिष्ट र हिमाल दर्शन प्रारम्भिक कमिटी अध्यक्ष सुजन कटेलर सचिब पुण्यप्रसाद लगायतको उपस्थिति रहेको बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्