कोरोना संक्रमणका कारण सोलुखुम्बुमा एकजनाको मृत्यु



केदार वस्नेत सोलुखुम्बु।नोबेल कोरोना भाईरस कोभिड १९ का कारण सोलुखुम्बुमा एक वृद्धको आज बिहान मृत्यु भएको छ। थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु ज्यामिरेका ७५ वर्षिय बृद्धको आज मृत्यु भएको हो । कार्तिक ३० गते बिरामी भएका उनलाई बिराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो ।

उपचारका क्रममा गरिएको कोरोना परिक्षणमा मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु भएसँगै थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुलाई शिल गरिएको हो। मृतकको सम्पर्कमा रहेकाको पहिचान गरी स्वाब संकलन गर्ने तयारी गरिएको वडाध्यक्ष नातिकाजी गुरुङले जानकारी दिनुभयो। अत्यावश्यक सेवा बाहेक अरु सबै कार्य बन्ध रहने वडाध्यक्ष गुरुङले बताउँनु भयो।

प्रतिक्रिया दिनुहोस्