घाँस काट्नेक्रममा लडेर घाइते छेस्कामका टुहुरा बालकको उपचारका लागि आर्थिक अभाव



सोलुखुम्बु, २८ कार्तिक ।जङ्गलमा घाँस काटने क्रममा लडेर गम्भीर घाइते भएका ११ बर्षीय बालक सन्देश कुलुङको उपचारमा आर्थिक अभाव भएको छ।

महाकुलुङ गाउँपालिका वडा नं ३ छेस्कामका बालक कुलुङको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई कार्तिक १९ गते हेलिकप्टरमार्फत वीर अस्पतालको ट्रमा सेण्टर ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कुलुङको हाल ट्रमामा उपचार भइ रहेको समाजसेवी दीलिपसिङ कुलुङले रहस्यखबरलाइ बताए।

आर्थिक अवस्था दयनीय भएका बालक कुलुङ टुहुरा हुन।बाबुआमा दुबै गुमाएर कष्टपूर्ण जीवन बिताइरहेका कुलुङको उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि सार्बजनिक आव्हान गरिएको कुलुङको भनाइ छ। गाउँकै विद्यालयमा कक्षा ५ मा अध्ययनरत घाइते बालकको आकस्मिक हेलिकप्टर भाडालगायत उपचार खर्च ब्यबस्थापनमा समस्या भएकाले सहयोगका लागि कुलुङले सबैसँग आग्रह पनि गरेका छन् ।उनले अगाडी भनेका छन् – यहांहरुले सिधै मेरो नाममा रहेको बैक खातामा आफ्नो सहयोग डिपोजिट गर्न सक्नु हुनेछ । डिपोजिट गरेको स्लिप मलाई पठाउन नभुल्नु होला । डिटेल जानकारीको लागि मेरो मो. न. ९८४९८००७०९ मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।

बैंक खाता

Dilip Singh Rai
A/C No. : 04100526200030
Everest Bank Limited

प्रतिक्रिया दिनुहोस्