नेचासल्यानको पुष्पचोकमा आफ्नै घरको बार्दलीमा मृत भेटिए भुजेल



सोलुखुम्बु , २७ कार्तिक । नेचासल्यान गाउँपालिका वडा नं २ का अन्दाजी ४५ बर्षीय हर्कबहादुर भुजेल (मोती) मृत अवस्थामा फेला परेका छन।

साविक सल्यान गाबिसको भुजेल गाउँ  पुष्पचोकस्थित आफ्नै घरको बार्दलीमा मृत अवस्थामा फेला परेका भुजेलको हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन।उनको शबलाइ पोस्टमार्टमका लागि ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार लगिएको छ। हत्या आशंकामा प्रहरीले स्थानीय एक ब्यक्तिलाई पक्राउ गरेको बताइएको छ।

बुधबार राति झन्डै ९:३० बजेतिर मृत भेटिएका भुजेलको परिवारमा श्रीमतीसहित छ छोराछोरी रहेका छन।

प्रतिक्रिया दिनुहोस्