चार मुक्तक



एम.बि बस्नेत
एकदिन छोडेर जान्छे भन्ने थाहा थियो
मेरा सारा खुसी लान्छे भन्ने थाहा थियो
कोरोनाबाट अहिलेसम्म बाँचेको भएनि
उसैले मुटुमा छुरा हान्छे भन्ने थाहा थियो।
****
दौरा सुरुवाल अनि ढाका टोपी ढल्काउँदै हिंड्ने मन छ
कम्मरमा पटुकी हातमा खुकुरी टल्काउँदै हिंड्ने मन छ
जस्ले जेसुकै भनोस मँ देशीय र स्वावलम्बी हुँदाखेरी
नेपाली हामि नेपालको पहिचान झल्काउँदै हिंड्ने मन छ।
*****
मेरो कुराले तिमिलाई छुन्छ छुदैन
एकछिन टाढा हुदा मन रुन्छ रुँदैन
साच्चै छाडिगए भने मैले तिमिलाई
भन!मुहार तिम्रो आशुले धुँन्छ धुँदैन।

***
पुर्ब मेचीको सिमाना फेरि टिष्टामा सारेर आउंछु
सिकिम दार्जिलिङ नेपालकै होभन्ने पारेर आउंछु
त्यो बिद्रोहि देश सङ कुनैपनी डर छैन मलाई अब
कि आँफै मर्छु कि तिनिहरुलाई मैले मारेर आउंछु।
रावाबेसी गाउँपालिका, खोटाङ

प्रतिक्रिया दिनुहोस्