कविता



कोरोना भगाऔं

*धर्मिला कार्की
ए नानी मालती
बाल साँझमा आरती
भगाउनु छ कोरोना
खाएर बेसार कागती
हजुरआमा नाती
एकअर्काको साथी
घरमै बस्नु जाती
नडुलौ बाहिर त्यति
खाँउ गुर्जो अदुवा मेथी
भगाउनु छ कोरोना
खाएर बेसार कागती
समस्या हो यो विश्वकै
परेको छ विपत्ति
धैर्य साहस बटुलेर
समाजका लागि जुटेर
बचाई राखौ सन्तति
भगाउनु छ कोरोना
खाएर बेसार कागती
कुसंस्कार हटाई
जोगाउनु छ संस्कृति
राखौ सद्भाव सबैमा
अनि हुन्छ उन्नति
बाँचौ बचाऔं जिन्दगी
राखी धितो बन्धकी
कर्म गरेर फेरि कमाइएला सम्पती
मिलेर बसौ दम्पत्ती
भगाउनु छ कोरोना
खाएर बेसार र कागती
मास्क पन्जा लगाएर गरौ बातचित
भौतिक दुरी कायम गरौं लगाएर प्रित
साबुन पानीले हात धोएँ सबलाई हुन्छ हित
भगाउनु छ कोरोना खाएर बेसार कागती
आत्महत्या कसैले नगरोस्
भोकमरिले कोही पनि नमरोस्
सरकारको नजर सबै तिर एकै होस्
बढाऔं सहयोगी हात
दिएर एकअर्कालाई साथ
पढौँ मानवताको पाठ
भगाउनु छ कोरोना खाएर बेसार कागती
दया माया बराबर
पशुपन्छी जलाचार
सुन्दर सिर्जना हरेक
जगतका सन्तति
सत्य एक हो प्रकृति
भगाउनु छ कोरोना खाएर बेसार कागती
ज्ञानलाई आदर विज्ञानलाई सम्मान
बैज्ञानिक डाक्टरलाई नमन
नगरौ है कसैलाई अपमान
सोचौ खोजौं काम गरौ नआति
पत्ता लाग्छ एकदिन ओखती
भगाउनु छ कोरोना खाएर बेसार कागती ।
चिशंखुगढी,३ ओखलढुंगा
हाल : महाराजगन्ज,काठमाडौं
हाल:महाराजगंज काठमाडौँ

प्रतिक्रिया दिनुहोस्