गजल




*सीता धमला

सगरमाथा झैँ अटल शिर पराईसामु झुक्नु हुन्न
परिश्रमले फुट्ने मूल कहिल्यै पनि सुक्नु हुन्न

अविरल बगे जस्तै मेची अनि महाकाली
गोर्खालीको अटुट यात्रा विश्राम लिई रुक्नु हुन्न

गौतम बुद्ध ,भृकुटी र सीताको सान बचाउनलाई
आइपरे प्राण दिन नेपालीले चुक्नु हुन्न

हामी वीर गोर्खालीले वीरतामा लड्न सक्छौं
पराईको जालझेलसंग डराएर लुक्नु हुन्न

आफ्नै देशको ढिंडो ,रोटो अमृतसरि हुन्छ मीठो
एकै गाँस भातको लागी स्वाभिमान बिक्नु हुन्न

* सिद्धिचरण न.पा. ८
हाल काठमाडाै

प्रतिक्रिया दिनुहोस्