गजल



*सन्ताेष जमरकट्टेल

आमाको मजेत्र‍ो र बाउको गणित बिर्सनेहरु
नेता हुन्छन् के गर्नु ? आफ्नो अतीत बिर्सनेहरु

धेरै आए नेताहरू बेमौसमी बाजा बजाई,
सत्तामा पुगेपछि जनताका गीत बिर्सनेहरु

तिन्कै टाउका गन्छन र त बनाउछन खुड्किलाहरु,
नेता छन गरिब, जनजाति, दलित बिर्सनेहरु

पिडामा छन् द्वन्द्वका मृतक, अपांग र बेपत्ता,
सत्तामा बसेका छन् द्वन्द्व पिडित बिर्सनेहरु

तिनै छन् समाजसेवी तिनै छन् नेतृत्व गर्ने,
लाज, नैतिकता र इमानसहित बिर्सनेहरु ।।
* नेचासल्यान-४(हाल,लेबनान)

प्रतिक्रिया दिनुहोस्