प्रधान्याध्यापक राई र शिक्षक बास्तोला सम्मानित



सोलुखुम्बु,६ साउन। बिश्व सम्पदा सूचीमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको चौंरीखर्कमा रहेको महेन्द्रज्योती माबिका प्रधानाध्यापक बिरुमान राइलाइ नगद २५ हजार सहित प्रशंसापत्रले सम्मानित गरेको छ।

खुम्बु क्षेत्रको शिक्षा बिकास र संरक्षणको क्षेत्रमा लामो समयदेखि पुर्‍याउनुभएको योगदानको कदर गर्दै प्रधानाध्यापक राइलाइ निकुञ्जले आफ्नो स्थापनाको ४४ बार्षिकोत्सबका अवसरमा आइतबार सम्मानित गरेको हो। इको क्लबमार्फत बालबालिकाको शिक्षा र संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदानका लागि सोहि गाउँपालिकाको युवा बर्ष आधारभूत विद्यालयका शिक्षक खगिन्द्रराज बास्तोलालाइ पनि सोहि सम्मान प्रदान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत केदार कट्टेलले जानकारी दिए।कट्टेलका अनुसार इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी सहायक निरीक्षक डम्बर श्रेष्ठ र आर्यतारा महिला समूह घाटकी ङिमाल्हामु शेर्पालाइ पनि २५ हजार नगदसहित प्रशंसापत्रले सम्मानित गरिएको छ।

बार्षिकोत्सबकै अवसरमा खुम्जुङ महिला समूहकी सदस्य हिताशंखा राई , गेमस्काउट सगरमाथा राष्ट्रिय निकुञ्ज दिबोचे पोष्टका गेमस्काउट भरत कुमार कार्की र नाम्चे मध्यवर्ती क्षेत्रहरू उपभोक्ता समितिका कार्यालय सहायक पासाङग्याल्जेन शेर्पालाई नगद ५० हजारसहित प्रशंसापत्र र पासाङ डोमा शेर्पा९पाङबोचे० मिङ्मा याङ्जी शेर्पा (पाङबोचे) सगरमाथा उपभोक्ता समूहका सचिब जाङ्बु शेर्पा र प्रहरी चौकी खुम्जुङका प्रहरी हवल्दार नवराज कार्कीलाई नगद १० हजारसहित प्रशंसापत्रले सम्मानित गरिएको निकुञ्जले जनाएको छ।

कार्यक्रम सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती ब्यबस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको विशेष आतिथ्य र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्