अफनिस्तानमा बम विस्फोट हुदा जिल्ला प्रहरी प्रमुख सहित ४ प्रहरी मारिए



काठमाडौं ५ श्रावण । अफनिस्तानमा भएको बम विस्फोटमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति भएको उक्त घटनाको आइतबार अबेर मात्र जानकारी दिइएको हो ।

पाक्तिका प्रहरी प्रवक्ता शाह मोहम्मद अरिनका अनुसार सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटमा मृत्यु भएको छ ।

विस्फोटमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्